Kathmandu Press

शेभाभगवतीमा महिलाको हत्या गरेर भागेका व्यक्ति कालीमाटीमा पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विशेष सूचनाका आधारमा अन्सारीलाई कालीमाटीबाट पक्राउ गरेको हो। घटनाबारे कसैलाई जानकारी नभएको सोचेर उनी पुस दोस्रो सातातिर काठमाडौं आएर कालिमाटीस्थित एक गार्मेन्टमा काम गर्दै आएको र पक्राउ गरिएको प्रहरीले बताएकाे छ। 
शेभाभगवतीमा महिलाको हत्या गरेर भागेका व्यक्ति कालीमाटीमा पक्राउ

काठमाडौं, माघ ७ : काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीमा एक महिलाको हत्या गरेर भागेका भारतको बिहार दरभंगाका ४३ वर्षीय इकरामुल हक अन्सारी पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विशेष सूचनाका आधारमा अन्सारीलाई कालीमाटीबाट पक्राउ गरेको हो। घटनाबारे कसैलाई जानकारी नभएको सोचेर उनी पुस दोस्रो सातातिर काठमाडौं आएर कालिमाटीस्थित एक गार्मेन्टमा काम गर्दै आएको र पक्राउ गरिएको प्रहरीले बताएकाे छ। 

Hardik ivf

शोभाभगवतीस्थित एउटा दुई तले घरको भुइँ तला तीन महिनादेखि बन्द रहेका बेला स्थानीयको रोहबरमा धरधनीले खोलेर हेर्दा शव भेटिएको थियो । काठमाडौं प्रहरी परिसर र प्रहरी वृत्त स्वयम्भुको टोलीले गरेको अनुसन्धानबाट उक्त शव तनहुँको भिमाद नगरपालिका घर भएकी ५१ वर्षीया सफिना मियाको भएको खुल्न आएको थियो। 

‘प्रहरीका अनुसार हत्यापछि अन्सारी भारतको विभिन्न स्थानमा करिब दुई महिनासम्म लुकिछिपी बसेको प्रहरीको भनाइ छ। गार्मेन्टमा सिलाइको काम गर्दै आएका उनी हत्याअघि एक वर्षदेखि सफियासँग बस्दै आएका थिए। त्यसक्रममा तीन महिनादेखि उनीहरुबीच बेलाबेला झगडा हुने गरेको थियो। कात्तिक पहिलो साततिर राति उनले मादक पदार्थ सेवन गरेर सफिनालाई कुटपित गरी घाइते बनाएको खुल्न आएको पनि प्रहरीको भनाइ छ। अन्सारीले सलले बेरेर सफिनाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

घटनापछि शव खाटमुनि लुकाएर उनी ढोकामा ताला लगाएर भागेका थिए। यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएके छ।

प्रकाशित मिति: १७:३५ बजे, आइतबार, माघ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्