Kathmandu Press

इच्छाराज तामाङ दोषी ठहर, सजाय तोक्न बाँकी 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार तामाङलाई दोषी ठहर हुने फैसला गरेको हो।
इच्छाराज तामाङ दोषी ठहर, सजाय तोक्न बाँकी 

काठमाडौं, माघ ७ : विशेष अदालतले सिभिल सहकारीका सञ्चालक रहेका संविधानसभाका तत्कालिन सदस्य इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ। 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार तामाङलाई दोषी ठहर हुने फैसला गरेको हो। तामाङ र उनको परिवारको नाममा रहेको सम्पत्तिको स्रोत नखुलेको दाबीसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो। तामाङमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने बताउँदै कसुर निर्धारणका लागि छुट्टै इजलासमा पेश गर्न अदालतले आदेश दिएको छ। 

Hardik ivf

तामाङ दोषी ठहर भइसकेकाले अब छुट्टै इजलासमा पेश गरेर सजाय निर्धारण हुने भएको छ। उनीविरुद्ध सहकारी ठगी र बैंकिङ कसुर मुद्दामा गत मंगलबारदेखि निरन्तर सुनुवाइ चलिरहेको थियो। 

सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष तामाङ, उनकी श्रीमती बिना श्रेष्ठ, दुई छोरी, सहकारीका तत्कालीन अध्यक्ष केवशलाल श्रेष्ठसहित ६ जना विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो। २०७९ भदौ १६ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा मुद्दा दायर भएको उक्त मुद्दामा फैसला गर्ने प्रयोजनका लागि एक सातादेखि हेर्दाहेर्दैमा थियाे। 

मुख्य अभियुक्त रहेका तामाङविरुद्ध ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दाबी गरिएको छ। यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यविरुद्ध १ अर्ब ३ करोड रुपैयाँ, दुई छोरीविरुद्ध झण्डै नौ  करोड, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी देखिएको अभियोग दाबी छ। कुल बिगो ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दाबी गरिएको छ।
 

प्रकाशित मिति: १७:३० बजे, आइतबार, माघ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्