रवि लामिछाने र जिबी राई जोडिएको सिआइबीले सहकारीको छानबिन गर्ने
ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका जीबी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने जोडिएको तीनवटा सहकारीको फाइलमाथि अनुसन्धानका लागि सीआईबीले सम्बद्ध जिल्ला प्रहरी कार्यालयबाट फाइल केन्द्रमा झिकाएको छ।
काठमाडौं, माघ ७ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जीबी राई भनिने गितेन्द्रबाबु राई र रवि लामिछाने जोडिएको सहकारी अनियमिततामा अनुसन्धान गर्ने भएको छ।
ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका जीबी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने जोडिएको तीनवटा सहकारीको फाइलमाथि अनुसन्धानका लागि सीआईबीले सम्बद्ध जिल्ला प्रहरी कार्यालयबाट फाइल केन्द्रमा झिकाएको छ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा छानविन अघि बढ्न थालको हो। स्रोतका अनुसार गृहमन्त्री श्रेष्ठले सीआईबीका निर्देशक तथा एआईजी किरण बज्राचार्य, एसएसपी दिनेश आचार्यलाई केही दिन अघि गृह मन्त्रालयमा बोलाएर राई र लामिछाने मुछिएको सहकारी घोटालाबारे अनुसन्धान गर्न निर्देशन दिएका हुन्।
विवादित सहकारीका फाइल हाल जिल्लाबाट झिकाएर अध्ययन भइरहेको छ। सीआईबीले राई र लामिछाने जोडिएको भनिएको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको फाइल, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको फाइल, चितवनको साहारा सहकारीको फाइल जिल्ला प्रहरी कार्यालयबाट केन्द्रमा झिकाइसकेको छ।