Kathmandu Press

शिक्षा विधेयकमाथि संवैधानिक आयोगका पदाधिकारीको सुझाव

उनीहरुले विधेयकमा देशभक्ति, रैथाने सीप, आदिवासी ज्ञान र सदाचारका कुरा पाठ्ययक्रममा राखिनुपर्ने, लैंगिकता र समावेशीलाई ध्यान दिइनुपर्नेलगायत सुझाव दिएका थिए।
शिक्षा विधेयकमाथि संवैधानिक आयोगका पदाधिकारीको सुझाव
Hardik ivf

काठमाडौं, माघ ७ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा आज विभिन्न सात संवैधानिक आयोगसँग सुझाव लिएको छ। 

समितिको बैठकमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विक, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्त, थारु आयोगका अध्यक्ष विष्णनुप्रसाद चौधरी, राष्ट्रिय समावेश आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिना, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विधेयकलाई थप परिमार्जन गर्न आग्रह गरे।

उनीहरुले विधेयकमा देशभक्ति, रैथाने सीप, आदिवासी ज्ञान र सदाचारका कुरा पाठ्ययक्रममा राखिनुपर्ने, लैंगिकता र समावेशीलाई ध्यान दिइनुपर्नेलगायत सुझाव दिएका थिए।

प्रकाशित मिति: १६:५० बजे, आइतबार, माघ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्