कोरम नपुगेपछि राज्य व्यवस्था समितिको बैठक सारियो
आइतबार दिउँसो सवा १२ बजे सिंहदरबारस्थित सभाकक्षमा बस्ने गरी समितिको बैठक तय भएको थियो। बैठक सञ्चालन गर्न आवश्यक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो।
काठमाडौं, माघ ७ : बैठकका लागि कोरम नपुगेपछि प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित गरिएको छ।
आइतबार दिउँसो सवा १२ बजे सिंहदरबारस्थित सभाकक्षमा बस्ने गरी समितिको बैठक तय भएको थियो। बैठक सञ्चालन गर्न आवश्यक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो।
गणपूरक स्ंखयाका लागि कम्तीमा १४ जना उपस्थित हुनुपर्छ। तर बैठकमा १० जना सदस्य मात्र उपस्थित भएको जनाइएको छ।
समितिको आजको वैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो। आगामी माघ १४ गते बस्ने गरी समितिको अर्को बैठक बोलाइएको छ।
प्रकाशित मिति: १४:५८ बजे, आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार