गणतन्त्रमा राजा लेख्नु संविधानविपरीत : प्रदेश मन्त्री श्रेष्ठ
राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा मकवानपुरको हेटौँडामा आयोजना गर्न लागिएको कार्यक्रममा त्यससम्बन्धी ब्यानर लेखिएकाले उक्त ब्यानर हटाउन निर्देशन दिइएको श्रेष्ठले स्पष्ट पारे।
काठमाडौं, माघ ७ : बागमती प्रदेशका आन्तरिक मालिमा तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले गणतान्त्रिक मुलुक नेपालमा कसैलाई राजा भनी लेख्ने कार्य संविधानविपरीत भएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा मकवानपुरको हेटौँडामा आयोजना गर्न लागिएको कार्यक्रममा त्यससम्बन्धी ब्यानर लेखिएकाले उक्त ब्यानर हटाउन निर्देशन दिइएको श्रेष्ठले स्पष्ट पारे।
उनले भने, 'राजा लेखेको ब्यानर सच्याएर पूर्वराजा लेखिएकामा त्यसलाई सकारात्मक रुपमा लिएको छु।'
प्रकाशित मिति: १४:५५ बजे, आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार