Kathmandu Press

संसदीय क्यालेन्डर कार्यान्वयनबारे संसदीय समितिका सभापतिहरूसँग सभामुखकाे छलफल

आइतबार सिंहदरबारमा संसदको बिषयगत समितिका सभापतिहरुसंग छलफल गर्दै सभामुख घिमिरेले संसदीय क्यालेन्डरलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुझाव मागेका हुन्।
संसदीय क्यालेन्डर कार्यान्वयनबारे संसदीय समितिका सभापतिहरूसँग सभामुखकाे छलफल

काठमाडाैं, माघ ७ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय क्यालेन्डरलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न संसदीय समितिका सभापतिहरुसँग छलफल गरेका छन्। 

आइतबार सिंहदरबारमा संसदको बिषयगत समितिका सभापतिहरुसंग छलफल गर्दै सभामुख घिमिरेले संसदीय क्यालेन्डरलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुझाव मागेका हुन्।

Hardik ivf

सुरुमा १५ दिनको क्यालेन्डर बनाएर समिति बैठक र संसद बैठकको कार्यकतालिका बनाउने तयारी भइरहेको सभामुख घिमिरेले जानकारी दिए। यसअघि संसदीय क्यालेन्डर प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको भन्दै उनले अव क्यालेन्डरका आधारमा संसदीय गतिविधिलाई अघि बढाइने जानकारी दिए।

उनले संसदको तेश्रो अधिवेशन चाडै बोलाउने तयारी भइरहेकाले विधेयकहरुमाथि छलफल सम्पन्न गरेर आवश्यक तयारी गर्न पनि आग्रह गरे। सो क्रममा केहि विधेयकहरुमाथि समझदारी खोज्ने प्रयास भइरहेको रिपोर्ट प्राप्त भएको सभामुखले बताए।

त्यस्तै छलफलपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले क्यालेण्डरलाई प्रभावकारी रुपमा लागू गर्ने बिषयमा छलफल भएको जानकारी दिए। त्यस्तै विभिन्न समितिहरुमा एउटै बिषयमा छलफल हुने गरेको अवस्थामा यसलाई व्यवस्थीत रुपमा लैजाने बिषयमा पनि छलफल भएको उनले बताए।

बैठकमा समिति बैठकमा सञ्चारमाध्यमलाई संयमित बनाउने बिषयमा समेत सभामुखले चासो राखेको सभापति खतिवडाले बताए। छलफलका क्रममा  सभामुख घिमिरेले  बिभिन्न समितिहरुमा दातृ निकायबाट आउने सहयोगलाई संसद सचिवालयमार्फत कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिएको थियो। 

प्रकाशित मिति: १४:३६ बजे, आइतबार, माघ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्