साैराहामा हात्ती सफारी र जल विहार [फाेटाे फिचर]
चितवनमा रहेको सौराहा नेपालको तेस्रो आकर्षक पर्यटकीय गन्तव्य हो। सौराहा विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको छेउमा अवस्थित छ।![साैराहामा हात्ती सफारी र जल विहार [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/sauraha-1705823635.jpg)
काठमाडाैं, माघ ७ : सौराहा भन्नेबित्तिकै एकसिंगे गैँडा, जिप सफारी मात्र नभएर हात्ती र जलविहारको कुरा पनि आइहाल्छ। चितवनमा रहेको सौराहा नेपालको तेस्रो आकर्षक पर्यटकीय गन्तव्य हो। सौराहा विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको छेउमा अवस्थित छ। निकुञ्जमा आउने बाह्य र आन्तरिक पर्यटक सौराहा पनि अवश्य पुग्छन्।

सौराहा पुगेर हात्ती सफारी नगरे त्यहाँको यात्रा अधुरै रहेको महसुस हुने बताइन्छ। वास्तवमा देशको आर्थिक समृद्धि र पर्यटन प्रवर्धनमा हात्तीको भूमिका निकै महत्वपूर्ण रहेको छ। त्यसमा सौराहाको वशिष्ट स्थान छ। साथै डुंगा सफारीमार्फत गर्ने यात्रा निकै मनमोहक हुने गर्छ। बूढीराप्ती, रापती, ढुङ्गे खोलामा डुंगा सफारी गर्दै गोही, चराचुरुंगी हेर्न छुट्टै मजा हुन्छ। त्यसकारण शान्तिपूर्णा रुपमा प्राकृतिक वातावरणमा रमाउन चाहनेहरू समय मिलाएर सौराहा पुगिहाल्छन्।
-1705821816.jpg?timestamp=1705821817812)
-1705821816.jpg?timestamp=1705821817812)
-1705821814.jpg?timestamp=1705821817812)
-1705821814.jpg?timestamp=1705821817812)
-1705821813.jpg?timestamp=1705821817812)
-1705821812.jpg?timestamp=1705821817812)
-1705821810.jpg?timestamp=1705821817812)
-1705821809.jpg?timestamp=1705821817812)
ततस्बिरहरू : रासस










