Kathmandu Press

इच्छाराज तामाङविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा 

तामाङविरुद्ध सहकारी ठगी र बैंकिङ कसुर मुद्दामा गत मंगलबारदेखि निरन्तर अन्तिम सुनुवाइ चलिरहेको छ।
इच्छाराज तामाङविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा 

काठमाडौं, माघ ७ : पूर्व सांसद इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरण मुद्दाको सुनुवाई अन्तिम चरणमा पुगेको छ। 

तामाङविरुद्ध सहकारी ठगी र बैंकिङ कसुर मुद्दामा गत मंगलबारदेखि निरन्तर अन्तिम सुनुवाइ चलिरहेको छ। आइतवार पनि विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा मुद्दाको बहस चलिरहेको छ। बहस सकिए आइतबार नै फैसला आउनसक्ने संभावना छ। तामाङको तर्फबाट बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्ने तयारीमा छन्। 

Hardik ivf

सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष तामाङ, उनकी श्रीमती बिना श्रेष्ठ, दुई छोरी, सहकारीका तत्कालीन अध्यक्ष केवशलाल श्रेष्ठसहित ६ जना विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो। २०७९ भदौ १६ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा मुद्दा दायर भएको उक्त मुद्दामा फैसला गर्ने प्रयोजनका लागि एक सातादेखि हेर्दाहेर्दैमा छ। 

मुख्य अभियुक्त रहेका तामाङविरुद्ध ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दाबी गरिएको छ। यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यविरुद्ध १ अर्ब ३ करोड रुपैयाँ, दुई छोरीविरुद्ध झण्डै नौ  करोड, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी देखिएको अभियोग दाबी छ। कुल बिगो ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दाबी गरिएको छ।

प्रकाशित मिति: १३:३४ बजे, आइतबार, माघ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्