Kathmandu Press

विमानस्थल भन्सारबाट आधा किलो सुनसहित एक जना पक्राउ

पक्राउ पर्नेमा झापाका खगेन्द्र दर्जी रहेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएकाे छ।
विमानस्थल भन्सारबाट आधा किलो सुनसहित एक जना पक्राउ

काठमाडौं, माघ ७ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट करिब आधा किलो (४९९ ग्राम) सुनसहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाका खगेन्द्र दर्जी रहेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएकाे छ।

Hardik ivf

दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा पक्राउ गरिएको  हाे। बरामद भएको केही सुन अर्धठोस अवस्थामा समेत रहेकाे जनाइउकाे छ।

अहिले विमानस्थल भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

प्रकाशित मिति: १३:३० बजे, आइतबार, माघ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्