संसीय समितिका सभापतीहरुसँग छलफलमा सभामुख
विषयगत समितिमा विधेयकहरुको अवस्था लगायतका विषयमा सभामुख घिमिरेले सभापतिहरुसँग छलफल गरेका हुन्।
काठमाडौं, माघ ७ : सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग संयुक्त छलफल गरिरहेका छन्। छलफल केहीसमय अघिबाट सभामखुको कार्यकक्षमा सुरु भएको छ।
विषयगत समितिमा विधेयकहरुको अवस्था लगायतका विषयमा सभामुख घिमिरेले सभापतिहरुसँग छलफल गरेका हुन्।
सरकारले यही माघ तेस्रो साता संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। त्यसलाई प्रभावकारी बनाउने विषयमा सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्न गरेका हुन्।
संघीय संसदको यसअघि सम्पन्न वर्षे अधिवेशनयता प्रतिनिधिसभामा निर्माण व्यवसायसँग सम्बन्धित एउटा मात्रै विधेयक दर्ता भएको छ।
प्रकाशित मिति: ११:४५ बजे, आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










