नवरपुरमा श्रीमानले गरे गर्भवती श्रीमतीको हत्या
हुप्सेकोट गाउँपालिका–६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन्।
नवलपुर, माघ ७ : नवलपुरको हुप्सेकोटका एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन्।
हुप्सेकोट गाउँपालिका–६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन्।
शनिबार राति शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।
चनिसरा ८ महिनाकी गर्भवती रहेको प्रहरीले जनाएको छ। शेरबहादुरलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ।
प्रकाशित मिति: ११:३८ बजे, आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार