Kathmandu Press

जागिर खाने नाममा देशको कानुन उल्लंघन नगर्न प्रधानमन्त्रीको आग्रह

उनले जागिर खाने नाममा जहाँ पायो त्यहीँ राज्यको नीतिविपरीत, संविधानको मर्मविपरीत, संविधानको मर्मविपरीत र लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावनाविपरीत सेनामा भर्ती नहुन आग्रह गरे।
जागिर खाने नाममा देशको कानुन उल्लंघन नगर्न प्रधानमन्त्रीको आग्रह

काडमाडौं, माघ ७ : प्रधानमन्त्री पुष्पकमल दाहालले जागिर खाने नाममा देशको कानुन उल्लंघन नगर्न अनुरोध गरेका छन्।

तीन दिने युगान्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री दाहालले आइतबार बिहान विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रूस र युक्रेनको सेनामा नेपालीहरू भर्ती भएको विषय लक्षित गर्दै जागिर खाने नाममा जहाँ पायो त्यहीँ नजान आग्रह गरेका हुन्।

Hardik ivf

उनले जागिर खाने नाममा जहाँ पायो त्यहीँ राज्यको नीतिविपरीत, संविधानको मर्मविपरीत, संविधानको मर्मविपरीत र लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावनाविपरीत सेनामा भर्ती नहुन आग्रह गरे।

विगतमा सम्झौता भएका भारत र बेलायतबाहेक अन्यत्र कतै पनि नेपालीलाई सेनामा भर्ती गर्न दिने प्रावधान नरहेको उनले बताए। युगाण्डा भ्रमणका क्रममा पनि नेपाली युवाहरु सेनामा भर्ती नगर्न र मृतकको क्षतिपूर्तिसहित शव फकाइदिन रूसलाई आग्रह गरिएको प्रधानमन्त्री दाहालले बताए।

‘रुस वा युक्रेनमा त्यहाँको लडाईंमा नेपालीहरु रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील छ,’ उनले भने, ‘सरकारको तर्फबाट हाम्रो यस्तो नीति छैन। जोसँग सम्झौता भएका विगतका भारत र बेलायतबाहेक अन्यत्र कतै पनि नेपाली युवाहरुलाई कहीँ पनि सेनामा भर्ती गर्ने नीति छैन। रुसलाई नोट पठाइएको छ।’

प्रकाशित मिति: १०:३४ बजे, आइतबार, माघ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्