युगान्डाबाट फर्किए प्रधानमन्त्री दाहाल
असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औं शिखर सम्मेलनमा भाग लिई उनी आइतबार बिहान स्वदेश फर्किएका हुन्।
काठमाडौं, माघ ७ : प्रधानमन्त्री पुष्पकमल दाहाल युगान्डा भ्रमण सकेर स्वदेश फर्किएका छन्।
असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औं शिखर सम्मेलनमा भाग लिई उनी आइतबार बिहान स्वदेश फर्किएका हुन्।
माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका उनी आज बिहान कतारको राजधानी दोहा हुँदै काठमाडौं आइपुगेका छन्।
नामको सम्मेलन शुक्रबार र शनिबार भएको थियो। उक्त सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा उनले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताएका थिए। युगाण्डामा रहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न उच्चस्तरीय भेटघाटहरू गरेका थिए।
प्रकाशित मिति: १०:१० बजे, आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










