Kathmandu Press

राष्ट्रियसभा निर्वाचनको प्रचारका लागि कांग्रेस प्रदेशस्तरमा जाने

समितिको आज बसेको बैठकले निर्वाचनका लागि समन्वय र सहजीकरणका लागि विभिन्न प्रदेश जाने निर्णय गरेको समितिका सचिव केशवराज जोशीले जानकारी दिए।
राष्ट्रियसभा निर्वाचनको प्रचारका लागि कांग्रेस प्रदेशस्तरमा जाने

काठमाडौं, माघ ६ : नेपाली कांग्रेसले गठन गरेको राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचार–प्रसारका निम्ति प्रदेशस्तरमा जाने निर्णय गरेको छ।

समितिको आज बसेको बैठकले निर्वाचनका लागि समन्वय र सहजीकरणका लागि विभिन्न प्रदेश जाने निर्णय गरेको समितिका सचिव केशवराज जोशीले जानकारी दिए।

Hardik ivf

‘राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा सातवटै प्रदेशका उम्मेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरियो,’ बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा यही माघ ११ मा हुने निर्वाचनका लागि पार्टीका उम्मेदवारसँग छलफल भएको थियो।

राष्ट्रियसभाका रिक्त हुन लागेका कूल १९ सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलले आपसमा सिट बाँडफाँट गरेका छन्। जसअनुसार नेपाली कांग्रेसले १०, नेकपा ९माओवादी केन्द्र०ले छ, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीले एक सिट लिएका छन्।

प्रकाशित मिति: २०:०५ बजे, शनिबार, माघ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्