‘मुलुक कांग्रेसको नीतिअनुसार चलेको छ’
कार्यवहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका उपसभापति खड्काले कांग्रेसभित्र निर्वाचित हुने, उम्मेदवार र निर्वाचित गराउने ठूलो पंक्तिका बीच खटपट हुने नदिने गरि काम गर्नु पर्नेमा जोड दिए।
नवलपरासी, माघ ६ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीतिअनुसार चलेको बताएका छन्।
नेपाली कांग्रेस जिल्ला समितिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले शनिबार आयोजना गरेको प्रशिक्षणका क्रममा उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेसले नै नेतृत्व गरेको र सोही अनुसार काम भइरहेको बताए।
आगामी महासमिति बैठकपछि महासमिति सदस्यहरु थप ठूलो आशा र भरोसा जाग्नेगरी पार्टीले अभियान सुरु गर्ने जानकारी पनि दिए।
कार्यवहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका उपसभापति खड्काले कांग्रेसभित्र निर्वाचित हुने, उम्मेदवार र निर्वाचित गराउने ठूलो पंक्तिका बीच खटपट हुने नदिने गरि काम गर्नु पर्नेमा जोड दिए।
जनप्रतिनिधि र पार्टी पति मेलेर काम गर्दा जनप्रतिनिधिले गरेको काम पार्टीले अपनत्व लिने अवस्था हुने र जनताका बीचमा जान थप सहज हुने उनको भनाइ थियो।
उपसभापति खड्काले १३औँ महाधिवेशनमा मासिक सबै तहका समितिको मासिक बैठक बस्ने गरी विधान संशोधन गरिएको तर सो अनुसार काम नभएको गुनासो गरे।
उनले आम जनताको विश्वास नेपाली कांग्रेसमा भएको भन्दै उक्त विश्वासलाई कायम राख्दै अगाडि बढन नेता तथा कार्यकर्तालाई सुझाव दिए। संविधान निर्माण गर्दा जसरी कांग्रेसले अपनत्व लिएको थियो सोही अनुसार कार्यान्वयनमा पनि क्रियाशिल भएर लाग्नुपर्नेमा उनको जोड थियो।
‘संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेसले नै नेतृत्व लिएको छ, आगाम दिनमा पनि कांग्रेसले गरेका राम्रा कामको अपनत्व लिनुपर्छ,’ उनले भने।२०४६ सालपछि विकास निर्माणको ठूलो काम कांग्रेसकै नेतृत्वमा सम्भव भएको तर त्यो काम जनताका माझ पुर्याउन नसकिएको उनको भनाइ थियो।











