Kathmandu Press

पुँजीगत खर्च बढाउन सरकार लागेको छ : मुख्यमन्त्री पाण्डे

नेपाल प्रेस युनियन नवलपुर शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मुख्यमन्त्री पाण्डेले पुँजीगत खर्च गत वर्षको भन्दा बढाउन प्रदेश सरकार लागिपरेकोे बताएका हुन्। 
पुँजीगत खर्च बढाउन सरकार लागेको छ : मुख्यमन्त्री पाण्डे

त्रिवेणी (नवलपरासी), माघ ६ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुँजीगत खर्च बढाउन सरकार लागेको बताएका छन्। नेपाल प्रेस युनियन नवलपुर शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मुख्यमन्त्री पाण्डेले पुँजीगत खर्च गत वर्षको भन्दा बढाउन प्रदेश सरकार लागिपरेकोे बताएका हुन्। 

सुरुका पाँच–छ महिना प्रक्रियामै जाने गरेकामा यसलाई थप व्यवस्थापन गर्दै खर्च बढाउन गण्डकी प्रदेश सरकार लागेको उनले बताए। 'विगतमा पनि सुरुका पाँच–छ महिनाको खर्चको अवस्था कम नै हुँदोरहेछ तर पहिले जस्तै हुनुपर्छ भन्ने छैन,' मुख्यमन्त्री पाण्डेले भने, 'हामी पुँजीगत खर्च बढाउन लागेका छौँ, यस वर्ष खर्च केही बढाउँछाैं।'

Hardik ivf

बहुवर्षीय बाहेकका ठेक्का अहिले बल्ल लाग्न थालेकाले अब खर्च क्रमशः बढ्दै जाने उनले बताए। 'हेर्दा असारे विकास भन्नेजस्तो देखिए पनि अहिले ठेक्का लागेका योजनाको प्रायःजसो भुक्तानी वैशाखपछि हुँदोरहेछ, त्यतिबेला खर्च बढ्छ,' मुख्यमन्त्री पाण्डेले भने, 'तर वैशाखपछि विपद्बाहेक कुनै पनि नयाँ योजनामा हामी पैसा विनियोजन गर्दैनौँ भनेका छौँ।'

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले आफ्नै प्रदेशमा अन्य प्रदेश हुँदै जानुपर्ने बाध्यता हटाउने विषयमा गण्डकी प्रदेश सरकार लागेको बताए। गण्डकी प्रदेशको भारतीय सीमासँग जोडिएको त्रिवेणी नाका पुग्न लुम्बिनी प्रदेश हुँदै जानुपर्ने अवस्था रहेकामा दुम्किबास–त्रिवेणी सडक खण्डको निर्माणका लागि आफूले सक्दो प्रयास गरिरहेको उनले बताए। यसका लागि सङ्घ सरकारले समेत अप्ठ्यारो फुकाई दिनुपर्ने मुख्यमन्त्री पाण्डेले बताए। 

'गण्डकी प्रदेशको एउटा भूभाग जान दोस्रो प्रदेश भएर जानुपर्ने ठीक भएन, हामीले हाम्रो प्रदेशको कुनै पनि भूभागमा आफ्नो प्रदेशबाट जान पाउनुपर्छ,' मुख्यमन्त्री पाण्डेले भने, 'निकुञ्ज सङ्घ सरकार मातहतमा पर्छ, सङ्घ सरकारले हामीलाई परेको अप्ठ्यारो फुकाई दिनुपर्छ।' 

नवलपुरको दुम्किबास–त्रिवेणी सडक चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जले आवश्यक सहजीकरण गरिदिनुपर्ने समेत मुख्यमन्त्री पाण्डेले बताए।

आर्थिक दृष्टि र व्यापारिक हिसाबले केही फाइदा लिन सकियोस् भनेर गण्डकी प्रदेशको त्रिवेणीनाका भारतसँग जोडिएको भन्दै मुख्यमन्त्री पाण्डेले भने, 'तर यो बाटो खुलेन भने संविधानले परिकल्पना गरेको र जुन उद्देश्यका लागि प्रदेशको सिमाना त्रिवेणीसम्म पु¥यायौँ त्यसको कुनै फल प्राप्त गर्न सक्दैनौँ, त्यो उद्देश्य पनि प्राप्त गर्न सक्दैनौँ, त्यसकारण यो बाटो पहिले खोल्नुपर्छ।'

प्रकाशित मिति: १७:२५ बजे, शनिबार, माघ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्