Kathmandu Press

पहिचान पक्षधरसँग वार्ता गर्न काेशी सरकारले बनायाे समिति

गत वर्ष फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि त्यसको विरोधमा पहिचान पक्षधरहरू आन्दोलनरत छन्।
पहिचान पक्षधरसँग वार्ता गर्न काेशी सरकारले बनायाे समिति
Hardik ivf

विराटनगर, माघ ६ : कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको छ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले वार्ता समिति गठन गरेको हो। समितिको सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन्।

गत वर्ष फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि त्यसको विरोधमा पहिचान पक्षधरहरू आन्दोलनरत छन्। उनीहरूले प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरेरै आन्दोलत गरिरहेका छन्। समितिले पहिचान पक्षधरको माग र मुद्दा सम्बोधनका लागि संघर्ष समितिलाई पत्राचार गरेर वार्ता प्रक्रिया अघि बढाउने बताइएको छ।
 

प्रकाशित मिति: १३:३४ बजे, शनिबार, माघ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्