Kathmandu Press

सुर्खेतमा यातायात व्यवसायीबीच झडप

भिजिट कर्णालीको टिकट काट्ने ठाउँ बसपार्क भन्दा केही अगाडि रहेको बुलबुले गेट नजिकै काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको बताइएको छ।
सुर्खेतमा यातायात व्यवसायीबीच झडप

सुर्खेत, माघ ६ : सुर्खेतको वीरेन्द्रनगरमा रहेको बसपार्क क्षेत्रमा यातायात व्यवसायीबीच झडप भएको छ। टिकट काट्ने विषयलाई लिएर दुई यातायात समूहका व्यक्तिबीच झडप भएको हो।

प्रहरीका अनुसार भिजिट कर्णाली यातायात प्रालि र संयुक्त यातायात व्यवसायीबीच विवादपछि झडप हुँदा २ जना घाइते भएका छन्।

Hardik ivf

भिजिट कर्णालीको टिकट काट्ने ठाउँ बसपार्क भन्दा केही अगाडि रहेको बुलबुले गेट नजिकै काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको बताइएको छ। झडपमा भिजिट कर्णाली यातायातका दुई जना घाइते भएको र उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

दोस्रो पक्षले भने सिटी बसपार्कबाटै टिकट सञ्चालन गर्नुपर्ने बताएका छन्। तर भिजिट कर्णाली यातायातलाई भने वीरेन्द्रनगर नगरपालिकाले चलानी नम्बर २८९० का अनुसार अर्को निर्णय नहुँदासम्मलाई बसपार्क बाहिरैबाट सेवा सञ्चालन गर्ने अनुमति दिएको थियो।

घटनाको विषयलाई लिएर यतिबेला बसपार्क वरपरको क्षेत्र तनावग्रस्त छ। त्यहाँ ठुलो मात्रामा प्रहरीसमेत परिचालन गरिएको छ।

प्रकाशित मिति: १२:१९ बजे, शनिबार, माघ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्