Kathmandu Press

‘कांग्रेसको पछि नलाग्ने हो भने माओवादीले राष्ट्रिष पार्टी बन्नै संघर्ष गर्नुपर्छ’

उनले माओवादी नेतृत्वको सरकारले राष्ट्रिय चूनौतिलाई सामना गर्न नसकेको भन्दै शसक्त रुपमा जनताका बिचमा जानुपर्ने अवस्था देखिएको बताए।
‘कांग्रेसको पछि नलाग्ने हो भने माओवादीले राष्ट्रिष पार्टी बन्नै संघर्ष गर्नुपर्छ’

काठमाडौं, माघ ५ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेसको पछि नलाग्ने हो भने माओवादीलाई राष्ट्रिय पार्टी बन्न निकै संघर्ष गर्नुपर्ने बताएका छन्।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले अहिले माओवादी आन्दोलन ओरालो लागेको भन्दै कांग्रेससँगै हिड्न तयार नभए राष्ट्रिय पार्टी बन्न माओवादीलाई गाह्रो रहेको बताए।

Hardik ivf

उनले माओवादी नेतृत्वको सरकारले राष्ट्रिय चूनौतिलाई सामना गर्न नसकेको भन्दै शसक्त रुपमा जनताका बिचमा जानुपर्ने अवस्था देखिएको बताए।

उनले प्रधानमन्त्रीले नै छिमेकीहरुका लागि कम्र्फटेवल हुने बताइरहेको भन्दै राष्ट्रिय हितका प्रश्नमा लम्पसारबादी नीतिलाई अवलम्वन गर्ने काम सत्तापक्षबाट भइरहेको तर्क गरे।

एमालेको सरकारलाई षढयन्त्रपूूर्ण ढंगले हटाएपछि मुलुकको विकास र समृद्धिको काम ठप्प भएको दाबी पनि पोखरेलले गरे।

प्रकाशित मिति: २१:०४ बजे, शुक्रबार, माघ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्