Kathmandu Press

‘गुणस्तरीय स्वास्थ्य सेवाको दायित्व सरकारको हो’

उनले निजी क्षेत्रबाट स्वास्थ्य सेवा अत्यधिक महँगो भएकाले त्यसमा आम जनताको सहज पहुँच हुन नसकेको भन्दै सरकारी र सामुदायिकस्तरमा स्वास्थ्य केन्द्र तथा अस्पतालको विकास गरी त्यहाँबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था मिलाउनु राज्यको प्रमुख दायित्व भएको बताए।
‘गुणस्तरीय स्वास्थ्य सेवाको दायित्व सरकारको हो’

काठमाडौं, माघ ५ : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान निरीक्षण गर्दैै मुलुकका लागि आवश्यक दक्ष जनशक्ति तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित चिकित्सक नर्स, प्रयोगशालाविद्लगायतका स्वास्थ्यकर्मीहरू उत्पादनमा जोड दिएका छन्।

उनले निजी क्षेत्रबाट स्वास्थ्य सेवा अत्यधिक महँगो भएकाले त्यसमा आम जनताको सहज पहुँच हुन नसकेको भन्दै सरकारी र सामुदायिकस्तरमा स्वास्थ्य केन्द्र तथा अस्पतालको विकास गरी त्यहाँबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था मिलाउनु राज्यको प्रमुख दायित्व भएको बताए।

Hardik ivf

स्वास्थ्य सेवामा नागरिकको सहज र सर्वसुलभ पहुँच स्थापित गर्न वर्तमान सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको उनको भनाइ थियो।

कार्यवाहक प्रधानमन्त्री खड्काले सार्वजनिक स्वास्थ्य संस्था सबल र सुदृढ भएमात्र सर्वसाधारण नेपाली दिदीबहिनी तथा दाजुभाइले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ तथा डेङ्गु सङ्क्रमणको समयमा स्पष्ट भइसकेको बताए।

संस्थानबाट उत्पादन हुँदै गरेका सक्षम चिकित्सा जनशक्तिलाई अझ बढी प्रभावकारीरूपमा अगाडि बढाउन चिकित्सा जनशक्तिको राष्ट्रिय आवश्यकतालाई मनन गरी आगामी दिनमा पाठ्यक्रमअनुसारको शैक्षिक कार्यक्रम, समयानुकूल दक्ष जनशक्तिको विकास, सुदृढीकरण र आधुनिकीकरणलाई प्राथमिकतामा राखी थप शैक्षिक कार्यक्रम सञ्चालन गर्दै अघि बढ्न उनले आग्रह गरे।

संस्थानमा शिक्षण तथा व्यवस्थापनमा लागि अहोरात्र खटिनुहुने शिक्षकवर्ग, सकलदर्जालगायत कर्मचारीको समर्पण र सामूहिक प्रयासले नै आज यो संस्थानले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको उनको भनाइ थियो।

द्रुतगतिमा बदलिँदो विश्वपरिवेश तथा त्यससँगै देखापरेका स्वास्थ्य चुनौती सामना गर्न सक्षम चिकित्सा जनशक्ति उत्पादन गर्नेतर्फ यस संस्थान निरन्तर अग्रसर रहिरहन सकोस् भन्ने उनले कामना गरे।

मुलुकमा स्वास्थ्य प्रतिष्ठान तथा चिकित्सा अध्ययन संस्थानको सङ्ख्यामा सङ्ख्यात्मक वृद्धिसँगसँगै तिनको अध्ययन, अध्यापन र स्वास्थ्य सेवा प्रवाहलाई चुस्त र गुणस्तरीय बनाउने कार्य चुनौतीपूर्ण रहेको भन्दै उहाँले यस क्रममा सम्बन्धित स्वास्थ्य प्रतिष्ठान तथा अध्ययन संस्थानले आफ्नो गुणस्तरमा कुनै सम्झौता नगरी गुणस्तरीय अध्ययन, अध्यापन, अनुसन्धान र स्वास्थ्य सेवा प्रवाहमा निरन्तर ध्यान दिन आवश्यक रहेको बताए।

प्रकाशित मिति: २०:१५ बजे, शुक्रबार, माघ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्