Kathmandu Press

उच्च शिक्षालाई राज्यले मौलिक हकको रूपमा उपयोग गर्ने परिस्थिति बनाउन सकेन : प्रदीप पाैडेल

नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले संविधानले शिक्षालाई मौलिक हकको रुपमा राखेपनि उच्च शिक्षालाई राज्यले मौलिक हकको रुपमा उपयोग गर्ने परिस्थीति बनाउन नसकेको बताएका हुन्।
उच्च शिक्षालाई राज्यले मौलिक हकको रूपमा उपयोग गर्ने परिस्थिति बनाउन सकेन : प्रदीप पाैडेल

काठमाडाैं, माघ ५ : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले उच्च शिक्षालाई राज्यले मौलिक हकको रुपमा उपयोग गर्ने परिस्थीति बनाउन नसकेको बताएका छन्।

नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले संविधानले शिक्षालाई मौलिक हकको रुपमा राखेपनि उच्च शिक्षालाई राज्यले मौलिक हकको रुपमा उपयोग गर्ने परिस्थीति बनाउन नसकेको बताएका हुन्।

Hardik ivf

उनले देशले लगानी बनाएको व्यक्तिलाई स्वदेशमा प्रयोग गर्न सक्ने अवस्था सिर्जना गर्न उच्च शिक्षामा राज्यको मुख्य दायित्व हुने धारणा राखे।

प्राथमिक शिक्षालाई अनिवार्य गर्ने र त्यसपछिको शिक्षालाई सीप र श्रमसंग जोड्नेगरि शिक्षा क्षेत्र अघि बढ्नुपर्ने उनले बताए। पौडेलले बिभिन्न क्षेत्रमा जनशक्ति आवश्यकताका आधारमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिए। उहाले विश्वविद्यालयमा मेरिट र प्रतिष्पर्धाका आधारमा योग्य र क्षमतावान व्यक्तिलाई लैजानुपर्ने बताए।

पौडेलले विश्वविद्यालयलाई राजनीतिक भागवण्डा मुक्त बनाउनुपर्ने पनि बताए। 

प्रकाशित मिति: १७:११ बजे, शुक्रबार, माघ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्