Kathmandu Press

अहिले पनि राज्यले मधेशी समुदायमाथि विभेद गरिरहेको छ : महन्थ ठाकुर

१७औं बलिदानी दिवसका अवसरमा लोपसाको लोकतान्त्रिक वुद्धिजिवी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले भेषभुषा र भाषाका आधारमा राज्यले मधेशी समूदायमाथि विभेद गरिरहेको बताएका हुन्।
अहिले पनि राज्यले मधेशी समुदायमाथि विभेद गरिरहेको छ : महन्थ ठाकुर

काठमाडाैं, माघ ५ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अहिले पनि राज्यले मधेशी समुदायमाथि विभेद गरिरहेको बताएको छन्।

१७औं बलिदानी दिवसका अवसरमा लोपसाको लोकतान्त्रिक वुद्धिजिवी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले भेषभुषा र भाषाका आधारमा राज्यले मधेशी समूदायमाथि विभेद गरिरहेको बताएका हुन्। उनले संविधानमा उल्लेख अधिकारलाई प्रयोग गर्दा पनि प्रशासनले मधेशी समूदायमाथि दमन गर्ने गरेको जिकिर गरे।

Hardik ivf

अध्यक्ष ठाकुरले धेरै जनसंख्या भएको मधेशमा कम बजेट बिनियोजन गरेको धारणा राख्नुभयो। उहाले मधेशी समूदायको हक अधिकार स्थापीत गर्नका लागि आन्दोलन निरन्तर रहेको उल्लेख गरे।

२०६३ माघ ५ गते प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए। त्यसैको सम्झनामा मधेशकेन्द्रित दल र मधेश प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ।

प्रकाशित मिति: १६:३२ बजे, शुक्रबार, माघ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्