तत्कालीन नगर प्रमुख पटेलले पाए घुस मुद्दामा सफाइ
विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दामा सफाइ पाउने ठहर गरेको हो।
काठमाडौं, माघ ५ : घुस खाएको अभियोगमा मुद्दा चलाइएका रौतहटको देवाही गोनाही नगरपालिकाका तत्कालीन नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले विशेष अदालतबाट सफाइ पाएका छन्।
विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दामा सफाइ पाउने ठहर गरेको हो।
उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा नगरप्रमुख पटेलले सेवाग्राहीसँग ५ लाख घुस माग गरेको अभियोगमा अदालतमा मुद्दा दायर भएको थियो। पटेलसँगै उनका सहयोगी अशोक प्रसाद पटेलले पनि आरोपबाट सफाइ पाएका छन्।
घुसबापत दुई लाख ५० हजार नगद र दुई लाख ५० हजारको चेक बुझिसकेको अवस्थामा पक्राउ परेको दाबी अख्तियारले गरेको थियो। दुबैजनालाई अख्तियार टोलीले २०७८ फागुन १५ गते पक्राउ गरी थुनामा राखेर अनुसन्धान गरेको थियो।
प्रकाशित मिति: १५:३७ बजे, शुक्रबार, माघ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












