Kathmandu Press

प्रकृति र संस्कृति झल्किने चित्रकला

आजदेखि काठमाडौँको ठमेलस्थित काठमाडौँ गेष्ट हाउसमा सुरु भएको सो चित्रकला प्रदर्शनी आगामी विसं २०८१ वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ।
प्रकृति र संस्कृति झल्किने चित्रकला
Hardik ivf

काठमाडौं, माघ ५ : काठमाडौंको प्रकृति र संस्कृति झल्किने चित्रकला प्रदर्शनी सुरु भएको छ। काठमाडौँको आर्ट बिनालेका ८० जना कलाकारले कोरेका प्रकृति, संस्कृति, मानवीय प्रेम, धार्मिक तथा आध्यात्मिक पक्ष, शान्ति, साधनाजस्ता मानव जीवनसँग जोडिएका एक सय वटा सिर्जना प्रदर्शनीमा राखिएको छ।
 
काठमाडौं आर्ट बिनालेका संयोजक जेनिशा महर्जनले पेन्टिङ, धातुका मूर्ति, काठका मूर्ति पनि प्रदर्शन गरिएको जानकारी दिए। उनले मूर्त, अमूर्त चित्रकारिता र धातु कलालगायत विभिन्न विधाका सिर्जना उक्त प्रदर्शनीका विशेषता रहेको बताए।
       
चित्रकला प्रदर्शनीको अवलोकन गर्न पुगेकी काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले प्राकृतिक तथा सामाजिक विविधता र संस्कृतिका कथाहरुलाई एउटै पानामा विस्तृतरुपमा उतार्नसक्ने नेपाली चित्रकारिताको प्रवद्र्धन गर्नुपर्ने बताइन्।
 
उनले भनिन्, 'नेपाल भौगोलिक एवं सांस्कृतिक विविधताले भरिएको देश हो। यहाँका हरेक संस्कृति र समाजका रोचक कथा छन्। तीमध्ये अधिकांश ठाउँका समाज र संस्कृतिलाई एउटै ठाउँमा हेर्न सकिने भएको छ।'
 
उपप्रमुख डङ्गोलले चित्रकला प्रदर्शनीले काठमाडौँका पौराणिक एवं ऐतिहासिक कला, संस्कृतिबारे जानकारी दिने बताइन्। उनले भनिन्, 'प्रकृति, समाज र संस्कृतिको सुक्ष्म र विस्तृत कथा नै नेपाली चित्रकलाको विशेषता हो। यस प्रदर्शनीले हाम्रो पहिचान, कला, संस्कृतिलाई चिनाउन  मद्दत गर्नेछ।'
 
आजदेखि काठमाडौँको ठमेलस्थित काठमाडौँ गेष्ट हाउसमा सुरु भएको सो चित्रकला प्रदर्शनी आगामी विसं २०८१ वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति: १५:१६ बजे, शुक्रबार, माघ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्