Kathmandu Press

निर्वाचनका लागि ६९१० मतपत्र सातै प्रदेशमा पुर्‍याइयो 

निर्वाचन आयोगका अनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको मतपत्र छापिएको छ।
निर्वाचनका लागि ६९१० मतपत्र सातै प्रदेशमा पुर्‍याइयो 

काठमाडौं, माघ ५ : राष्ट्रियसभा निर्वाचनका लागि मतपत्र सातै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको छ। निर्वाचनका लागि ३८ प्रकारका कुल ६ हजार नौ १० मतपत्र छापिएका छन्। 

निर्वाचन आयोगका अनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको मतपत्र छापिएको छ। वाग्मती प्रदेशमा चार पदका लागि आठ प्रकारका एक हजार ७६० मतपत्र, मधेस प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४०, कोसी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र पठाइएको छ।

Hardik ivf

गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र, लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ७५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन्। 

राष्ट्रियसभा १९ सदस्य पदका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने तय भएको छ। 

प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, माघ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्