दार्चुलामा बस दुर्घटनामा १६ जना घाइते, २ जनाको अवस्था गम्भीर
घाइतेहरुमध्ये दार्चुलाको दुहुँ गाउँपालिका–५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका–४ बस्ने ५४ वर्षीय परमानन्द भट्टको अवस्था गम्भीर छ।
दार्चुला, माघ ५ : दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै आज बिहान दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।
बस सडकबाट करीब २५ मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुलेको छैन।
प्रहरीका अनुसार घाइतेहरुमध्ये दार्चुलाको दुहुँ गाउँपालिका–५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका–४ बस्ने ५४ वर्षीय परमानन्द भट्टको अवस्था गम्भीर छ। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
बस चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी बस्ने ३६ वर्षीय महेश भट्टसहितका अन्य १४ जनाको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १०:४० बजे, शुक्रबार, माघ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












