Kathmandu Press

ललितपुरका यी स्थानमा शुक्रबार दिउँसो १० बजेदेखि ४ बजेसम्म विद्युत काटिने

विद्युत प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सीमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने भएको हो।
ललितपुरका यी स्थानमा शुक्रबार दिउँसो १० बजेदेखि ४ बजेसम्म विद्युत काटिने
Hardik ivf

काठमाडौं, माघ ५ : नेपाल विद्युत प्राधिकरणले ललितपुरका केही स्थानमा शुक्रबार विद्युत कटौती गर्ने भएको छ। लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने केही स्थानमा शुक्रबार बिहान १० बजेदेखि ४ बजेसम्म विद्युत कटौती गरिने प्रधिकरणले जनाएको छ।

विद्युत प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सीमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने भएको हो।

गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: ०८:४५ बजे, शुक्रबार, माघ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्