Kathmandu Press

रवि मिश्रको एकल कार्टुन प्रदर्शनी

प्रदर्शनीमा ३५ वटा कार्टुन राखिएका छन्। १७ वर्षदेखि कार्टुन बनाइरहेका मिश्रले ३ हजारबढी कार्टुन कोरिसकेका छन्।
रवि मिश्रको एकल कार्टुन प्रदर्शनी

काठमाडाैं, माघ ४ : कार्टुनिस्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा कफिमा सुरु भएको छ।

‘डिपिक्सन’ नाम दिइएको प्रदर्शनी जनवरी २८सम्म बिहान ९ बजेदेखि बेलुकी ९ बजेसम्म चल्नेछ।

प्रदर्शनीमा ३५ वटा कार्टुन राखिएका छन्। १७ वर्षदेखि कार्टुन बनाइरहेका मिश्रले ३ हजारबढी कार्टुन कोरिसकेका छन्।

420521169_7809483412400526_7944902211182866286_n-1705585657.jpg

प्रदर्शनीमा पछिल्ला ५ वर्षमा बनाइएका कार्टुन राखिएको मिश्रले बताए। मिश्र नयाँ पत्रिका दैनिकमा कार्यरत छन्। त्यहाँ ‘कर्नर किक’ शीर्षकमा उनका कार्टुन प्रकाशित हुन्छन्।

समाजमा आफूले देखेका दृश्य कार्टुनमा उतार्ने गरेको मिश्र बताउँछन्। कार्टुनलाई समाजसँग अन्तर्क्रिया गर्ने सशक्त माध्यमका रुपमा आफूले लिउको उनी बताउँछन्।

मिश्र कार्टुनिस्ट क्लब अफ नेपालका महासचिवसमेत हुन्।

२-1705585656.jpg

प्रकाशित मिति: १९:३३ बजे, बिहीबार, माघ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्