Kathmandu Press

अवधी भाषा समाचार प्रकाशनको नेवाः देय् दबूद्वारा स्वागत

दबूले आज एक विज्ञप्ति प्रकाशित गर्दै भनेको छ, 'समावेशी राज्य स्थापना गर्ने संविधानको मर्मलाई आत्मसात् गर्दै राससले सुरु गरेको यो कार्य स्वागतयोग्य कदम हो।'
अवधी भाषा समाचार प्रकाशनको नेवाः देय् दबूद्वारा स्वागत

काठमाडौं, माघ ४ : नेवाः देय् दबूले नेपालको एक मात्र समाचार समिति राष्ट्रिय समाचार समिति (रासस) ले अवधी भाषामा समाचार प्रकाशन सुरु गरेकामा त्यसको स्वागत गरेको छ।

दबूले आज एक विज्ञप्ति प्रकाशित गर्दै भनेको छ, 'समावेशी राज्य स्थापना गर्ने संविधानको मर्मलाई आत्मसात् गर्दै राससले सुरु गरेको यो कार्य स्वागतयोग्य कदम हो।'

बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राज्य नेपालमा सङ्घीय गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्न यी कार्यले आधारभूत भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै दबूले यसलाई अझ व्यापक गर्न नेपाल भाषालगायत देशका अन्य मातृभाषामा पनि नियमित समाचार प्रकाशन गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति: १४:३० बजे, बिहीबार, माघ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्