Kathmandu Press

भोजपुरी फिल्मकी प्रख्यात अभिनेत्री अक्षरा सिंहमाथि आक्रमण

आक्रमणमा अक्षरालाई चोट लागेकाे छैन। तर उनलाई पनि एक प्रहरी घाइते भएका छन्।
भोजपुरी फिल्मकी प्रख्यात अभिनेत्री अक्षरा सिंहमाथि आक्रमण

मुम्बई, माघ ४ : भोजपुरी फिल्म उद्योगकी प्रख्यात अभिनेत्री अक्षरा सिंह भारतको महाराष्ट्रस्थित औरंगाबादको दाउदनगरमा आफ्नै शुभेच्छुक (फ्यान) काे आक्रमणमा परेकी छन्। 

आक्रमणमा अक्षरालाई चोट लागेकाे छैन। तर उनलाई पनि एक प्रहरी घाइते भएका छन्। अक्षरा त्यहाँ एक शोरुमको उद्घाटन गर्न बुधबार दिउँसो पुग्ने कार्यक्रम थियो। तर मौसमका कारण उडान डिले भएपछि उनी बेलुकी मात्र पुगेकी थिइन्। सोहीकारण उनका फ्यान रिसाएका थिए। तर अक्षरा पुगेपछि भने सेल्फी लिने फ्यानको भिडले लागेकाे थियो।

Hardik ivf

भिड नियन्त्रणमा लिन प्रहरीलाई नै हम्मे परेको थियो। भिडका कारण केही फ्यान घाइते भएका थिए। फ्यान घाइते भएपछि केहीले अक्षरामाथि ढुंगा प्रहार गरेका थिए। यद्यपि, त्यहाँ उपस्थित प्रहरीले उनलाई सुरक्षित स्थानतर्फ लगेको थियो।

अक्षरालाई बचाउने क्रममा फ्यानको ढुङ्गा लागेर एक प्रहरीको टाउको फुटेको छ। घाइते प्रहरीको दाउदनगरको सरकारी अनुमण्डल अस्पतालमा उपचार गरिएको छ। अक्षरामाथि फ्यानको आक्रमण यो पहिलो होइन। उनी माथि २०२२ मा पनि आक्रमण भएको थियो।

त्यो बेला उनी महाराष्ट्रको बदलापुर महोत्सवमा सहभागी हुन त्यहाँ पुगेकी थिइन्। त्यहाँ पनि उनलाई डुङ्गाले आक्रमण गरिएको थियो।

प्रकाशित मिति: १३:५६ बजे, बिहीबार, माघ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्