Kathmandu Press

बाजुराको स्वामिकार्तिककी उपाध्यक्ष मैना जोशीको निधन

स्थानीय तह चुनावमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित जोशीकाे आफ्नै घरमा निधन भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर रोकायाले जानकारी दिए।
बाजुराको स्वामिकार्तिककी उपाध्यक्ष मैना जोशीको निधन

कैलाली, माघ ४ : बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको ५२ वर्षको उमेरमा आज बिहान ३ बजेतिर निधन भएको छ ।

स्थानीय तह चुनावमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित जोशीकाे आफ्नै घरमा निधन भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर रोकायाले जानकारी दिए।

क्यान्सरबाट पीडित उलाई ललितपुरको किष्ट अस्पतालमा उपचार गराएर हालै घर लगिएको थियो। गाउँपालिकाले आज शोक प्रस्ताव पारित गर्दै गाउँपालिकामा शोक बिदा दिएको छ।

उनकाे अन्तिम संस्कार वडा ४ स्थित कर्णालीको किनार पिलुमा गरिँदैछ।

प्रकाशित मिति: १३:४१ बजे, बिहीबार, माघ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्