Kathmandu Press

शिक्षकहरु प्रविधिमैत्री हुनुपर्छ : अध्यक्ष अधिकारी

‘ज्ञान र सिपमा आधारित शिक्षाको संयोजन गरेर विद्यार्थीलाई शैक्षिक ज्ञान कसरी दिने भनेर तयारी गरेर मात्र कक्षाकोठामा प्रवेश गरौं,’ उनले भने।
शिक्षकहरु प्रविधिमैत्री हुनुपर्छ : अध्यक्ष अधिकारी

काभ्रे, माघ ३ : बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले शिक्षकहरु प्रविधिमैत्री हुनुपर्ने बताएका छन्।

वडा नं. ४ मा अवस्थित सरस्वती माध्यमिक विद्यालयको ४५औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालोपाटीबाट सेतोपाटीमा आइपुग्दा वर्तमान शिक्षा ‘स्क्रिन जेनेरेशन’मा आधारित भएकोले सोही अनुरुप आफूहरुमा परिवर्तन ल्याउन शिक्षकहरुलाई आग्रह गरे।

 ‘ज्ञान र सिपमा आधारित शिक्षाको संयोजन गरेर विद्यार्थीलाई शैक्षिक ज्ञान कसरी दिने भनेर तयारी गरेर मात्र कक्षाकोठामा प्रवेश गरौं,’ उनले भने।

Hardik ivf

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले सिपमा आधारित शिक्षाले बालबालिकामा युग सुहाउँदो ज्ञान आर्जन गर्ने वातावरण सिर्जना गर्न शिक्षक, अभिभावक, विद्यार्थी र व्यवस्थापन समितिले मिलेरै अघि बढ्नु पर्ने बताइन्।

यस्तै, वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर तामाङले विद्यालयको वृहत्तर हितका लागि वडाबाट गर्नु पर्ने सबै प्रकारका सहयोग गर्न वडा कार्यालय तत्पर रहेको बताउँदै वडाभित्रका ३ वटै माध्यमिक विद्यालयहरु अब्बल हुनेगरी शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गरे।

1QTY_LD8-1705502127.jpeg

कार्यक्रममा भीम देवः नेवाः समाजका सचिव रामहरि श्रेष्ठ, भूमिमाता मा।वि।का प्रधानाध्यापक यज्ञप्रसाद हुमागाई शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष प्रेमप्रसाद श्रेष्ठलगायतले पनि सम्बोधन गरेका थिए।

उनीहरुले सामुदायिक विद्यालयहरुमा दिनानुदिन विद्यार्थी घट्दै जानुले सामुदायिक विद्यालयकै अस्तित्वमाथि प्रश्न चिह्न खडा भएको बताएका थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले विद्यालयको समसामयिक, भौतिक र भावी योजनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित मिति: २०:२० बजे, बुधबार, माघ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्