Kathmandu Press

‘तराईमा गरेको विपद्को पूर्वतयारी हिमालमा लागू हुन्न’

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराईका लागि गरिएको पूर्वतयारी पहाड तथा हिमालका लागि नमिल्ने र हिमालमा गरिएको तयारी तराई तथा पहाडी क्षेत्रमा नमिल्ने भएकाले भौगोलिक अवस्था र क्षेत्रअनुसारको तयारी गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ। 
‘तराईमा गरेको विपद्को पूर्वतयारी हिमालमा लागू हुन्न’

काठमाडौं, माघ ३ : नेपालको भौगोलिक अवस्थाका कारण एक ठाउँका लागि गरिएको विपद् व्यवस्थापनको पूर्वतयारी अर्को स्थानमा नमिल्ने भएकाले फरकफरक क्षेत्रअनुसारको तयारी आवश्यक देखिएको छ।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराईका लागि गरिएको पूर्वतयारी पहाड तथा हिमालका लागि नमिल्ने र हिमालमा गरिएको तयारी तराई तथा पहाडी क्षेत्रमा नमिल्ने भएकाले भौगोलिक अवस्था र क्षेत्रअनुसारको तयारी गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ। 

Hardik ivf

अहिले जाजरकोट भूकम्पबाट प्रभावितको अवस्था हेर्ने हो भने तराई तथा पहाडमा यसअघिका विपद्मा प्रयोग भएका त्रिपालले राम्रो काम नगरेको भन्दै अत्याधिक चिसोका कारण सोही अनुसारको राहत सामग्री र आवास जरुरी रहेको महसुस गरिएकाले कार्यविधि परिवर्तन गरेर भौगोलिक अवस्था अनुसार विपद्को तयारी गर्न लागिएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए। काम गर्दै जाँदा धेरै नयाँ कुरा सिक्ने अवसर पाइएको भन्दै क्षेत्र अनुसार विपद्को तयारी गर्नुपर्ने देखिएकाले प्राधिकरण कार्यविधि परिमार्जन गर्नेतर्फ लागेको उनले बताए। 

'चिसो क्षेत्रमा त्यसलाई थेग्ने गरी नै तयारी गर्नुपर्छ भने गर्मी क्षेत्रमा सोही अनुसारका विपद् व्यवस्थापन जरुरी छ। त्यसका लागि आवश्यक गृहकार्य सुरु भइसकेको छ', पोखरेलले भने, 'भौगोलिक क्षेत्र अनुसार तयार पारिएका राहत सामग्री व्यवस्थापन गर्नुपर्ने हुन्छ। प्राधिकरण अब सोहीअनुसार काम गर्ने तयारीमा जुटेको छ।' उनले विपद् व्यवस्थापनमा पालिकाको जिम्मेवारी धेरै रहेकाले पालिकाले अझै सक्रियता देखाउनुपर्नेमा जोड दिए।

यसपाली जाजरकोट भूकम्पमा परेकालाई भौगोलिक क्षेत्र अनुसारको राहत सामग्री नहुँदा चिसोका कारण धेरैले ज्यान गुमाएका छन्। सामान्य पहाड तथा तराईमा प्रयोग हुने त्रिपाल सुरुवाती चरणमा राहतस्वरुप जाजरकोट भूकम्पमा पुगेका थिए। ती त्रिपालले चिसो थेग्न नसक्दा सुत्केरी, महिला, बालबालिका र बुढाबुढी प्रभावित भएका थिए। त्रिपालबाट पानी चुहिएर बिहान सबै सामान भिज्ने गरेको पीडतहरुले अनुभव सुनाएका थिए। सोही कारण प्राधिकरणले क्षेत्र अनुसारका राहत सामग्री व्यवस्थापन गर्नुपर्ने निष्कर्षका साथ कर्याविधि परिमार्जन गर्न लागेको छ।

प्रकाशित मिति: १६:५८ बजे, बुधबार, माघ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्