Kathmandu Press

शेयर बजारमा आयो रौनकता, के होला अब ?

काठमाडौं, फागुन २८ : नेप्से परिसूचक ७३ दशमलव ७८ अंकले बढेर १४२३ दशमलव ०९ को विन्दुमा बन्द भएको छ।

दोस्रो बजार ५ दशमलव ४७ प्रतिशतले बढेक....

शेयर बजारमा आयो रौनकता, के होला अब ?

काठमाडौं, फागुन २८ : नेप्से परिसूचक ७३ दशमलव ७८ अंकले बढेर १४२३ दशमलव ०९ को विन्दुमा बन्द भएको छ।

दोस्रो बजार ५ दशमलव ४७ प्रतिशतले बढेकोे छ। १३४९ दशमलव ८६ को विन्दुमा खुलेको दोस्रो बजार कारोबारको बन्द मुल्य नै उच्च विन्दु रहेको छ। त्यस्तै, १३४९ दशमलव ४२ न्यून विन्दु रहेको छ। 

२ अर्ब २२ करोड १० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। अघिल्लो दिनभन्दा कारोबार बढेको छ। बुधबार बजारमा लगानीकर्ताहरु आक्रामक रुपमा प्रवेश गरेको देखिन्छ। प्राविधिक रुपमा पनि १३५० को क्षेत्र मुख्य टेवाको रुपमा रहेको छ।

Hardik ivf

अघिल्लो दिन यही टेवा क्षेत्रमा बन्द भएको बजार बुधबार सुरुदेखि नै माग बढेको र खरिदकर्ताको चाप रहेको देखिन्छ।  म्युचुअल फण्ड उपसूचकबाहेक सबै उपसूचक दुई प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। सर्वाधिक बढ्नेमा ट्रेडिङ्ग र नीर्जिवन बीमा उपसूचक रहेका छन्।

यिनीहरुमा क्रमशः ८ दशमलव ३० र ७ दशमलव ५८ प्रतिशतले वृद्धि भएको छ। बैंकिङ्ग समूह भने ५ दशमलव ७८ प्रतिशतले बढेको छ।

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ६६ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज एभरेष्ट इन्स्योरेन्स, स्वाभिमान लघुवित्त, साल्ट ट्रेडिङ्ग कर्पोरेशन र लक्ष्मी लघुवित्तका शेयरधनीहरुले सर्वाधिक १० प्रतिशतले कमाए भने हिमाल दोलखा हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ९ दशमलव ३५ प्रतिशतले गुमाए।


छोटो समयावधिको प्राविधिक विश्लेषण  

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार हाल बजार घट्दो प्रवृत्तिमा रहेको र १३५० को क्षेत्रमा टेवा प्राप्त गरी बजार बढेको देखिन्छ। हिजो र आजका मैनबत्तीलाई समग्रमा हेर्दा ‘हतौडा’को आकृति बनाएको छ। यसले बजार बढ्न सक्ने प्रारम्भिक सकारात्मक संकेत गर्नुका साथै बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को कारोबार दिनको मैनबत्तीलाई पनि हेर्नुपर्ने हुन्छ।  

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन घट्दो प्रवृत्तिमा रहेको बजार आज बढ्दो प्रवृत्तिमा रहेको छ। यसले बजारमा क्रेताको चाप रहेको संकेत गर्दछ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)ले ‘गोल्डन क्रस’ बनाएकाले बजार केही समय बढ्दो प्रवृत्तिमा हुन सक्ने संकेत गर्दछ।  रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ७४ दशमलव ५२ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा शेयर बढी खरिद भएको  संकेत गरेको छ। 

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा  बजार सकारात्मक रहेको र अर्को तत्कालीन प्रतिरोध १४३० को क्षेत्रमा रहेको देखिन्छ। यदि बजार १३९५ भन्दा तल स्थिर रहेमा बजार केही नकारात्मक क्षेत्रमा हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन टेवा १३८० को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:३६ बजे, बुधबार, फागुन २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्