पूर्वी पहाडी जिल्लामा हिमपात
जिल्लाका पर्यटकीयस्थल सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका तथा देउमाई नगरपालिकाको माथिल्ला क्षेत्रमा मङ्गलबार साँझदेखि नै हिउँ पर्न थालेको छ।
मंगलबारे (इलाम) माघ ३ : इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ।
केही क्षेत्रमा वर्षासँगै हिमपात भएको हो। जिल्लाका पर्यटकीयस्थल सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका तथा देउमाई नगरपालिकाको माथिल्ला क्षेत्रमा मंगलबार साँझदेखि नै हिउँ पर्न थालेको छ।
देउमाई नगरपालिकाको राँकेलगायत क्षेत्रमा हिउँ परेपछि सवारी साधन सञ्चालनमा समस्या भएको छ। हिमपातका कारण मेघमा, तुम्लिङ, टङ्लु, जौबारी, गैरीबास, फालुट क्षेत्रको जनजीवन प्रभावित भएको छ।
बाक्लो हिमपातले गर्दा घर बाहिरको काम गर्न समस्या भएको स्थानीय लाक्पा शेर्पाले बताए। यद्यपि हिउँले सुक्खा जमिन चिसो हुँदा किसानलाई भने राहत भएको उनी बताउँछन्।
पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथरमा पनि मंगलबारदेखि नै हिमपात भएको छ।
प्रकाशित मिति: १४:३२ बजे, बुधबार, माघ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)


