Kathmandu Press

आजको मौसम : पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना

जसका कारण अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। तराई भू–भागमा भने हुस्सु, कुहिरो लागिरहेको उसले बताएको छ।
आजको मौसम : पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ ३ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताएको छ।

जसका कारण अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। तराई भू–भागमा भने हुस्सु, कुहिरो लागिरहेको उसले बताएको छ।

बुधबार दिउँसो कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेख छ। 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

राति  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ। कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि उसले बताएको छ।

प्रकाशित मिति: ०८:०८ बजे, बुधबार, माघ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्