Kathmandu Press

डे रोसी बने रोमाको प्रशिक्षक

४० वर्षीय डे रोसीलाई रोमाले यो सिजनभरीका लागि मुख्य प्रशिक्षक बनाएको हो। अर्को सिजन सम्झौता नवीकरण गर्ने सुविधा रोमाले रोसीलाई दिएको छ।
डे रोसी बने रोमाको प्रशिक्षक

काठमाडाैं, माघ २ : इटालियन क्लब रोमा आफ्ना लेजेन्ड खेलाडी ड्यानियल डे रोसीलाई मुख्य प्रशिक्षक बनाएको छ।

रोमाले जोसे माउरिन्होलाई बर्खास्त गरेको केही समयमा आफ्ना पूर्वखेलाडीलाई मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको हो।

Hardik ivf

४० वर्षीय डे रोसीलाई रोमाले यो सिजनभरीका लागि मुख्य प्रशिक्षक बनाएको हो। अर्को सिजन सम्झौता नवीकरण गर्ने सुविधा रोमाले रोसीलाई दिएको छ।

रोसीसँग प्रशिक्षकको अनुभव भने त्यति छैन। उनीसँग इटालियन क्लक स्पालमा १ सिजन काम गरेको अनुभव मात्र छ। उनले सन् २०२२ को अक्टोबरदेखि २०२३को फेब्रुअरीसम्म स्पालमा काम गरेका थिए।

खेलाडीका रुपमा रोसीले रोमामा १८ वर्ष बिताएका छन्। उनले रोमाका लागि ६१६ खेल खेल्दै ६३ गोल गरेका छन्।

यो सिजन खराब प्रदर्शन गरिरहेको रोमाले माउरिन्होलाई बर्खास्त गरेको थियो। यो सिजन सिरि एमा २० खेलमा ८ खेल मात्र जितेको रोमा २९ अंकसहित नवौं स्थानमा छ।

प्रकाशित मिति: १९:१० बजे, मंगलबार, माघ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्