Kathmandu Press

सातौं निफमा ४० देशका ८८ फिल्म देखाइने

महोत्सवमा ६० देशका ५ सय बढि फिल्मबाट छनौट भएका ४० देशका ८८ फिल्म देखाइने प्रतिष्ठानले जनाएको छ। महोत्सवलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय दुई भागमा विभाजन गरी दुवै भागमा फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने निफ आयोजक समितिका अध्यक्ष केपी पाठकले जानकारी दिए।
सातौं निफमा ४० देशका ८८ फिल्म देखाइने

काठमाडौं, माघ २ : सातौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत्रको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ ।

आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निफ महोत्सव आगामी चैत्र १ देखि ५ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो।

Hardik ivf

महोत्सवमा ६० देशका ५ सय बढि फिल्मबाट छनौट भएका ४० देशका ८८ फिल्म देखाइने प्रतिष्ठानले जनाएको छ। महोत्सवलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय दुई भागमा विभाजन गरी दुवै भागमा फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने निफ आयोजक समितिका अध्यक्ष केपी पाठकले जानकारी दिए।

महोत्सवमा अन्तराष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशी सहित गौतमबुद्ध अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै विभिन्न विधामा उत्कृष्ट फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्रलाई पुरस्कृत गरिने छ।

अध्यक्ष पाठकले राम्रा धेरै चलचित्रकाबीच केही चलचित्र मात्रै छान्न सफल भएको बताए। उनले महोत्सवका क्रममा आएका सुझावहरुलाई चलचित्र विकास बोर्डमार्फत सरकारलाई बुझाइने बताए।

पत्रकार सम्मेलनमा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीले महोत्सवका क्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय समूदायबीच अनुभव आदानप्रदान हुने विश्वास व्यक्त गरे।

महोत्सव अवधिमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

प्रकाशित मिति: १६:५४ बजे, मंगलबार, माघ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्