Kathmandu Press

जङ्गली बँदेलको आक्रमणबाट एकको मृत्यु, एक घाइते

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो।
जङ्गली बँदेलको आक्रमणबाट एकको मृत्यु, एक घाइते

डोटी, माघ २ : डोटीमा जंगली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट आज मृत्यु भएको हो।

Hardik ivf

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो।

मंगलबार बिहान नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुलीसहित सोही ठाउँका ७२ वर्षीया भगी भुल घाइते भएका थिए। भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको जनाइएको छ।

प्रकाशित मिति: १५:५८ बजे, मंगलबार, माघ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्