Kathmandu Press

आन्दोलनका कारण विपी प्रतिष्ठानको उपचार सेवा प्रभावित

यसअघि भएको आन्दोलनका क्रममा समस्याको समाधान गर्ने आश्वासन दिए पनि त्यसअनुसार पहल नभएपछि उनीहरु फेरि आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनका कारण विपी प्रतिष्ठानको उपचार सेवा प्रभावित

सुनसरी, माघ २ : चिकित्सक र कर्मचारीको आन्दोलनका कारण सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित बनेको छ।

चिकित्सक र कर्मचारी आइतबारदेखि काम छाडेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य उपचार सेवा प्रभावित बनेको हो। ‘रेफरल अस्पताल’का रुपमा रहेको प्रतिष्ठानमा पूर्वका धेरै स्थानबाट उपचारका लागि बिरामीहरु पुग्ने गरेका छन्।

प्रतिष्ठान व्यवस्थापनले बढुवा प्रक्रिया अगाडि नबढाएकामा असन्तुष्ट बनेका चिकित्सक र कर्मचारीहरु लामो समयदेखि आन्दोलित छन्। यसअघि भएको आन्दोलनका क्रममा समस्याको समाधान गर्ने आश्वासन दिए पनि त्यसअनुसार पहल नभएपछि उनीहरु फेरि आन्दोलनमा उत्रिएका हुन्।

Hardik ivf

आकस्मिक बाहेकका सेवा ठप्प हुँदा उपचारका लागि पुग्ने बिरामीले सहज रुपमा सेवा पाउन सकेका छैनन्।

यसअघिको आन्दोलनका क्रममा समस्या समाधान गर्ने सहमति भए पनि प्रतिष्ठानमा कायममुकायम उपकुलपति डा. प्रल्हाद कार्कीका कारण सहमति कार्यान्वयन हुन नसकेको आन्दोलनरत कर्मचारीहरुले बताएका छन्।

प्रतिष्ठानको शिक्षक कल्याण समाजका उपाध्यक्ष डा. प्रदिप आचार्यका अनुसार सहमतिअनुसार व्यवस्थापनले बढुवा प्रक्रिया अगाडि नबढाएका कारण काम छाडेर आन्दोलनमा उत्रनु परेको हो।

 प्रतिष्ठानको समस्या समाधानमा चासो नदिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सोमबार कायम मुकायम उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाएका छन्।

लामो समयदेखि आन्दोलन हुँदा सेवा प्रभावित भएको अवस्थामा पनि समाधान गर्न पहल नगरेको भन्दै उनले कार्यकक्षमा ताला लगाएका हुन्। प्रतिष्ठानलाई धरासायी बनाउने कुनैपनि पदाधिकारीलाई ‘नछाड्ने’ चेतावनी पनि उनले दिएका छन्।

प्रतिष्ठानका चिकित्सक शिक्षकको सात वर्षदेखि तथा कर्मचारीको १५ वर्षदेखि पदोन्नति प्रक्रिया रोकिएको छ।

प्रकाशित मिति: १३:२३ बजे, मंगलबार, माघ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्