Kathmandu Press

कटारीमा १५ दिने त्रिवेणी मेला सुरू

कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने भएकाले मैनी मेला त्रिवेणी मेलाको रुपमा परिचित छ।
कटारीमा १५ दिने त्रिवेणी मेला सुरू

उदयपुर, माघ १ : उदयपुरको कटारी नगरपालिका खोक्सामा १५ दिनसम्म चल्ने त्रिवेणी मेला सोमबारबाट सुरु भएको छ।

वर्षेनी लाग्ने मेला माघ १ गतेबाट सुरु भएर १५ दिनसम्म लाग्ने गर्दछ। कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने भएकाले मैनी मेला त्रिवेणी मेलाको रुपमा परिचित छ। तीन नदीको संगमस्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बलिदिई पूजा आराधना गर्नाले चिताएको कुरा पूरा हुने जनविश्वास छ।

Hardik ivf

त्रिवेणीमा मकर नुहाउन सिन्धुली, सिराहा, सप्तरी, ओखलढुंगा, खोटाङ, लगायतका छिमेकी जिल्ला हुँदै भारतको बिहार प्रदेशबाट समेत धार्मिक पर्यटक आउने गरेका छन्।

खासगरी त्रिबेणी मेलाको पहिचान भनेको हिमाली भेगको राडीपाखी, भोटे कुकुर र तराईका घोडाको व्यापार हो। दुई दशकअघिसम्म हिमाली जिल्लाबाट राडीपाखी र भोटे कुकुरका छाउरा विक्री गर्न ल्याइन्थ्यो भने तराईबाट घोडाको व्यापारी आउने चर्चित यो मेलामा हिजोआज परम्परागत सामग्रीको व्यापार हुन छाडेको छ।  

प्रकाशित मिति: १७:०५ बजे, सोमबार, माघ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्