Kathmandu Press

तीन प्रदेशमा आज हल्का वर्षाको सम्भावना

महाशाखाले दैनिक मौसम बुलेटिनमार्फत आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका एक,दुई स्थानमा आज हल्का वर्षा हुने पूर्वानुमान गरेको हो। 
तीन प्रदेशमा आज हल्का वर्षाको सम्भावना

काठमाडौं, माघ १ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज तीन प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान गरेको छ। 

महाशाखाले दैनिक मौसम बुलेटिनमार्फत आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका एक,दुई स्थानमा आज हल्का वर्षा हुने पूर्वानुमान गरेको हो। 

Hardik ivf

पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालमा बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावले अहिले देशको पहाडी भू-भागमा आंशिक बदली र तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ।

महाशाखाका अनुसार दिउँसो  पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू भागमा मौसम मुख्यतया सफा रहनेछ। दिउँसो कोशी, बागमती र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक, दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। 

आज रातिको मौसम पहाडी भू भागमा आंशिक देखि साधारणतया बदली र  बाँकी भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू भागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: ०८:१२ बजे, सोमबार, माघ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्