Kathmandu Press

पिएम कप : एपिएफकाे विजयी सुरुवात

टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै एपीएफ क्लबले विजयी सुरुवात गरेको हो।
पिएम कप : एपिएफकाे विजयी सुरुवात

काठमाडौं, पुस २९ : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ।

टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै एपीएफ क्लबले विजयी सुरुवात गरेको हो। जितको लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १ सय ५२ रनमा अल आउट भयो।

Hardik ivf

बागमतीका कप्तान रित गौतमले सर्वाधिक ६६ रन बनाए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो। एपीएफको जितमा सन्दीप जोराले गर्दै १ सय १२ रनको शतकीय इनिङ खेले।

त्यस्तै आइतबार नै भएको अर्को खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदानमा जितको लागि १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले ३३.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

कर्णालीको जितमा हिमान्शुसर्वाधिक ५३ रनको योगदान दिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ४५ ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो। पहिलो पटक राउण्ड रोविन लिग फम्र्याटमा सुरु प्रतियोगीतामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी छन्। लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
 

प्रकाशित मिति: १६:५२ बजे, आइतबार, पुस २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्