Kathmandu Press

चैनपुरको ऐतिहासिक स्वस्थानी ग्रन्थ सार्वजनिक

चन्द्रलाल मुमिकश श्रेष्ठ लिखित स्वस्थानी प्रकाशन समूहले प्रकाशन गरेको ग्रन्थका सम्पादक संस्कृतिविद् प्रा.डा. रमेश ढुंगेलले २२ अध्याय रहेको स्वस्थानी व्रतकथा ग्रन्थमा पहाडे, ललितपुरको नेवार भाषा र संस्कृत भाषाको प्रभाव रहेको बताए।
चैनपुरको ऐतिहासिक स्वस्थानी ग्रन्थ सार्वजनिक

काठमाडौं, पुस २९ : एक सय ६५ वर्षअघि अर्थात् १९१५ सालमा चन्द्रलाल मुमिकश श्रेष्ठद्वारा लिखित चैनपुरको ऐतिहासिक स्वस्थानी सार्वजनिक गरिएको छ । ऐतिहासिक धार्मिक ग्रन्थ ललितपुरका मेयर चिरिबाबु महर्जनले सार्वजनिक गरेका हुन्।

चन्द्रलाल मुमिकश श्रेष्ठ लिखित स्वस्थानी प्रकाशन समूहले प्रकाशन गरेको ग्रन्थका सम्पादक संस्कृतिविद् प्रा.डा. रमेश ढुंगेलले २२ अध्याय रहेको स्वस्थानी व्रतकथा ग्रन्थमा पहाडे, ललितपुरको नेवार भाषा र संस्कृत भाषाको प्रभाव रहेको बताए।

Hardik ivf

अहिले बजारमा पाइने स्वस्थानी व्रतकथामा ३१ अध्याय रहे पनि पहिलेको स्वस्थानी व्रतकथा २२ अध्यायकै हुने गरेको भन्दै उनले चन्द्रलाल मुमिकश श्रेष्ठ लिखित चैनपुरको ऐतिहासिक स्वस्थानीले ललितपुर र चैनपुरलाई जोड्ने काम गरेको बताए। अधिकांश ऐतिहासिक दस्तावेज अक्षर र लिपिको आधारमा कुन कालखण्डमा लेखिएको हो भनेर पुरातात्विक अध्ययन गर्ने गरिए पनि यस ग्रन्थमा भने लेखकले स्पष्ट तिथि, मिति लेखेकाले ऐतिहासिक पहिचान सहज भएको बताए।

प्रमुख अतिथि चिरिबाबु महर्जनले चैनपुरको ऐतिहासिक स्वस्थानी ग्रन्थ प्रकाशनले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका र संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाबिच भगिनी सम्बन्ध कायम गर्न सहयोग पुग्ने अपेक्षा गरे। ग्रन्थ प्रकाशन समूहका संयोजक निराकार श्रेष्ठले ग्रन्थ लिप्यन्तरसहितको मूलपाठ समावेश गरी प्रकाशन गरिएको हुँदा सम्पूर्ण नेपाली, संस्कृतिप्रेमी एवं अनुसन्धाताका लागि संग्रहणीय रहेको बताए।

आफूसम्म आइपुग्दा चन्द्रलाल मुमिकश श्रेष्ठको सातौँ पुस्ता रहेको भन्दै श्रेष्ठले आफ्नो पुर्खा ललितपुरको कुम्भेश्वरबाट संखुवासभाको चैनपुर पुगेको बताए। चन्द्रलाल मस्तराम र हात्तीरामका सन्तान भएको भन्दै संस्कृतिविद् प्रा.डा. ढुंगेलले मुको अर्थ सिमाना र मिको अर्थ मान्छे भएको भन्दै श्रेष्ठ परिवार सिमानामा व्यापार गर्न पुगेकाले मुमिकश भनेर चिनिएको स्पष्ट पारे। ग्रन्थको मूलप्रतिलाई लिप्यन्तरण गर्ने कार्य पुरातत्व विभागका भीष्म बाँस्कोटाले गरेका हुन्।
 

प्रकाशित मिति: १३:४५ बजे, आइतबार, पुस २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्