माघका लागि बैंकहरूको नयाँ ब्याजदर, अधिकांशले घटाए
व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १८ वटा बैंकले ब्याजदर घटाएका छन् भने दुई वटाको ब्याजदर यथावत छ। संस्थागततर्फ पनि उही अवस्था छ।काठमाडौं, पुस २९ : वाणिज्य बैंकहरुको माघ महिनाका लागि नयाँ ब्याजदर निर्धारण भएको छ। अधिकांश बैंकले ब्याजदर घटाएका छन्।
पुसको तुलनामा माघमा व्यक्तिगत मुद्दति निक्षेपमा व्याजदर औसतमा ०.८२४०५ प्रतिशत र संस्थागत मुद्दतिमा औसतमा ०.७६४५५ प्रतिशतले ब्याजदर घटाएका छन्।
पुस महिनामा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ८.९९१०५ थियो भने अब माघका लागि ८.१६७ प्रतिशत निर्धारण भएको छ। त्यस्तै, संस्थागततर्फ पुसमा ६.८८८०५ प्रतिशत रहेकोमा अब घटेर ६.१२३५ कायम भएको छ।
व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १८ वटा बैंकले ब्याजदर घटाएका छन् भने दुई वटाको ब्याजदर यथावत छ। संस्थागततर्फ पनि उही अवस्था छ।
नेपाल एसबीआई बैंकले पुसको तुलनामा १.३५ प्रतिशत ब्याजदर घटाएको छ। एसबीआईको ब्याजदर पुसमा व्यक्तिगततर्फ ९।६ प्रतिशत थियो। तर अब माघमा घटेर ८.६ प्रतिशतमा झरेको छ। त्यस्तै, संस्थागततर्फ पुसमा ७।६ प्रतिशत रहेकोमा माघमा घटेर ६।२५ प्रतिशत मात्रै कायम भएको छ।
पुसको तुलनामा प्राइम कमर्सियल बैंकले १.९ प्रतिशत ब्याजदर घटाएको छ। त्यस्तै, कृषि विकास बैंकले १।२५, लक्ष्मी सनराइजले १, माच्छापुच्छ्रेले १.६, सिद्धार्थले १.१५ र कुमारी बैंकले १.२ प्रतिशत ब्याजदर घटाएका छन्।
माघ महिनाका लागि कृषि विकास बैंकले व्यक्तिगततर्फ ७.२६ प्रतिशत र संस्थागततर्फ ५.७६ प्रतिशत व्याजदर कायम गरेको छ। त्यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ।
एभरेष्ट बैंकले व्यक्तिगततर्फ ८ र संस्थागततर्फ ६ प्रतिशत, लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ८ र संस्थागततर्फ ६ प्रतिशत, प्रभु बैंकले व्यक्तिगततर्फ ८.०६५ र संस्थागततर्फ ६.०६५ प्रतिशत र एनआइसी एसियाले व्यक्तिगततर्फ ८.०६५ र संस्थागततर्फ ६.०६५ प्रतिशत ब्याजदर कायम राखेका छन्।
त्यस्तै, राष्ट्रिय बाणिज्य बैंकले व्यक्तिगत तर्फ ८.०७ र संस्थागतर्फ ६।०७ प्रतिशत, स्ट्याण्डडर्ड चाटर्ड बैंकले व्यक्तिगत ८.०७ र संस्थागततर्फ ५.२५ प्रतिशत व्याजदर कायम गरेका छन्।
त्यस्तै, प्राइम कमर्सियल बैंक, नबिल बैंक, सिद्धार्थ बैंक र ग्लोबल आइएमई बैंकले समान व्यक्तिगततर्फ ८.१ र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेका छन्।