सुन तोलामा ६०० रुपैयाँ वृद्धि
आइतबार सुन तोलामा ६०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
काठमाडौं, पुस २९ : साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
आइतबार सुन तोलामा ६०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। आज छापावाल सुन तोलामा एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर आज एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: १३:०० बजे, आइतबार, पुस २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












