Kathmandu Press

मुख्यमन्त्री चौधरीद्वारा घाइतेको उपचारमा विशेष ध्यान दिन निर्देशन

मुख्यमन्त्री चौधरीले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
मुख्यमन्त्री चौधरीद्वारा घाइतेको उपचारमा विशेष ध्यान दिन निर्देशन

दाङ, पुस २८ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गएराति दाङको भालुवाङमा राप्ती पुलबाट नदीमा बस खसेर भएको दुर्घटनाबाट आफू मर्माहत भएको  बताउँदै घाइतेहरुको उपचारमा विशेष ध्यान दिन निर्देशन दिएका छन्।

मुख्यमन्त्री चौधरीले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

उनले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा ज्यान गुमाएकाहरुका परिवारजनमा शोक व्यक्त गरेका छन्।

नेपालगञ्जबाट काठमाडौं गइरहेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा शुक्रबार राति खस्दा त्यसमा सवार १२ जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाएका आठजनाको सनाखत भएको छ।

प्रकाशित मिति: १२:२८ बजे, शनिबार, पुस २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्