Kathmandu Press

यौन शोषण गरेको आरोपमा भारतीय युवक पक्राउ

जोगबनीमा बसेर नेपाली किशोरीसँग अनलाइन सम्पर्क गर्दै अनेक लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
यौन शोषण गरेको आरोपमा भारतीय युवक पक्राउ

मोरङ, पुस २८ : नेपाली किशोरीहरुलाई यौन शोषण गरेको आरोपमा एकजना भारतीय युवक पक्राउ परेका छन्। सीमावर्ती भारतीय बजार जोगबनीका २६ वर्षीय रवि कुमारलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

जोगबनीमा बसेर नेपाली किशोरीसँग अनलाइन सम्पर्क गर्दै अनेक लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

Hardik ivf

ती युवकबाट शोषणमा परेका अनि ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको उजुरी प्रहरीमा परेको थियो । त्यसपछि उनीमाथि निगरानी गरिरहेको प्रहरीले विराटनगर आएका बेला पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर मोरङ प्रहरीसँग समन्वय गरी उनलाई पक्राउ गरिएको थियो।

अनलाइनबाट नेपाली किशोरीहरुसँग सम्पर्क बनाउने, कुराकानी गर्दै जाँदा नजिकिने अनि होटलमा बोलाउने गरेको खुलेको छ । होटलमा बोलाएर उनले किशोरीहरुमाथि यौन सम्बन्ध राख्ने गरेका थिए।

त्यस्तो सम्बन्धको भिडियो खिचेर ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको समेत पाइएको प्रहरीको भनाइ छ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार हालसम्म १५ जना बढी किशोरी उनको ‘ट्रयाप’ मा परिसकेको गुनासो प्रहरीमा आएको छ।

 

प्रकाशित मिति: १२:२५ बजे, शनिबार, पुस २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्