मिसेस वल्र्डमा भाग लिन पृथ्वीया अमेरिका उडिन्
पृथ्वीयाले विश्वका ४० सुन्दरीको सहभागिता रहने प्रतियोगितामा ‘नेसनल कष्ट्युम राउण्ड’मा पूर्वी नेपालको किराँत समुदायको संस्कृति झल्काउने ढाकाको पहिरन र गरगहना लगाउनेछिन्।
काठमाडौं, पुस २८ : सन् २०२३ की ‘मिसेस वल्र्ड नेपाल’ विजेता पृथ्वीया थापाले ‘मिसेस वल्र्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्।
जनवरी १४ देखि १९ सम्म अमेरिकाको लस भेगासमा प्रतियोगितामा भाग लिन पृथ्वीया आज बिहान अमेरिका लागेकी छिन्।
रिबन इन्टरटेनमेन्टले गत कार्तिक २२ गते काठमाडौंमा आयोजना गरेको ‘मिसेस वल्र्ड नेपाल २०२३’को उपाधि विजेता हुन्। इन्टरटेनमेन्टले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पृथ्वीयालाई बिदाई गरेको थियो।
सो अवसरमा पृथ्वीयाले शीर्ष उपाधि नेपालमा नै भित्र्याउने लक्ष्यका साथ आफूले तयारी गरेको बताएकी थिइन्।
पृथ्वीयाले विश्वका ४० सुन्दरीको सहभागिता रहने प्रतियोगितामा ‘नेसनल कष्ट्युम राउण्ड’मा पूर्वी नेपालको किराँत समुदायको संस्कृति झल्काउने ढाकाको पहिरन र गरगहना लगाउनेछिन्।
‘मिसेस वल्र्ड नेपाल’का नेपाल निर्देशक अश्विनीकान्त झाले नेपालले दोस्रो पटक ‘मिसेस वल्र्ड’मा सहभागिता जनाउन लागेको बताउँदै राम्रो उपलब्धि लिएर पृथ्वीया नेपाल फर्कनेमा आफू ढुक्क रहेको दाबी गरे।
रिबन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झाले प्रतियोगितामा भोटिङको उत्तिकै महत्व रहेकाले सामाजिक सञ्जालमार्फत पृथ्वीयालाई भोटिङमा सहयोग गरेको बताए।












![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)